बेलायतमा भएकाे चुनावमा चार नेपाली वियजी

Posted on: 04 May, 2019

 फाइल तस्विर

बैशाख २१, काठमाडाै । बेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा नेपाली मूलका ४ उम्मेदवार विजयी भएका छन् । स्थानीय अल्डरसट टाउन काउन्सिलमा प्रवेश केसी, मेडस्टोन काउन्सिलमा दिनेश खड्का, हेमल हेम्पस्टिडमा गोवर्द्धन (सागर) सिलवाल र कोलबर्न टाउनमा डा. जगन्नाथ शर्मा काउन्सिलर निर्वाचित भएका हुन् । बेलायतका विभिन्न क्षेत्रबाट काउन्सिलरको दौडमा रहेका नेपाली समुदायका अन्य उम्मेदवार भने पराजित भए ।


बेलायतमा धेरै नेपाली बस्दै आएको अल्डरसटमा केसी पहिलोपटक नेपाली समुदायबाट निर्वाचित भएका हुन् । कन्जरभेटिभ पार्टीका उम्मेदवार केसी ३ सय २८ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी लेबर पार्टीका उम्मेदवारले २ सय ८६ मत प्राप्त गरेका छन् । यसअघि लेबरले जित्दै आएको सो क्षेत्रको नतिजा उल्ट्याएर केसीले जितेका हुन् ।

लिबेरल डेमोर्क्याट पार्टीका उम्मेदवार खड्काले ८ सय ५२ मत प्राप्त गरेका छन् । उनका निकट प्रतिद्वन्द्वी लेबर पार्टीका उम्मेदवारले सय ४६ मत मात्रै पाएका छन् । खड्का निर्वा्चित क्षेत्र विगत लामो समयदेखि उनकै दल लिबेरल डेमोर्क्याटको पकड क्षेत्र हो ।

सिलवाल दोस्रो कार्यकालका लागि काउन्सिलरमा निर्वाचित बनेका छन् । ७ सय २४ मत प्राप्त गरेका उनले निकटतम प्रतिद्वन्द्वीले भन्दा ४ सय बढी मत ल्याएका छन् । डा. जगन्नाथ शर्मा तेस्रो कार्यकालका लागि काउन्सिर निर्वातित भएका हुन् । कन्जरभेटिभ पार्टीका उम्मेदवार शर्मा सो क्षेत्रमा निर्विरोध निर्वाचित भएका हुन् । याे समाचार अन्नपूर्णमा प्रकाशित छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!