चौलनी नदिमा हाम्फालेर बेपत्ता भएकी १० कक्षामा पढ्ने किशोरीको पत्ता लागेन

Posted on: 04 May, 2019

कृष्ण बिष्ट | बैशाख २१, बैतडी | बिहिबार साँझ चौलानी नदीमा हाम फालेर बेपत्ता भएकी बैतडीकी एक किसोरीको आज सम्म पत्ता लागेको छैन । बैतडी र दार्चुलाको सीमानमा पर्ने चौलानी नदीमा हाम फालेर बैतडीको डिलाशैनी गाउँपालिका ६ खरेलीकी १५ बर्षीया आशा नाथ बेपत्ता भएको तेश्रो दिन सम्म पनि पत्ता लागेको छैन । 

बिहिबार साँझ चौलानी नदिमा हाम फालेकी नाथको खोजी कार्यमा प्रहरी र स्थानिय लागेपनि शनिबार (आज) दिउसो १२ बजे सम्म पनि पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी नेत्रमणी गिरीले जानकारी दिनुभयो । 

मानसिक सन्तुलन गुमाएकी आशा नाथले नदीमा हाम फाल्नुको कारणबारे पनि केही खुलेको छैन । 

बेपत्ता किसोरी सेटिगाउँ  मावि ककडपाखा गोकुलेश्वरमा कक्षा १० मा अध्यनरत हुन् । बिहिबार साँझ करिब ६ बजे नदीमा हामफालेकी नाथको खोजी कार्यमा स्थानिय र  प्रहरी सकृय रहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!