बृद्धआश्रममा फलफुल र स्वास्थ्य परीक्षण

Posted on: 04 May, 2019

वैशाख २१, कंचनपुर | औसी अर्थात शनिबार आमाको मुख हेर्ने दिनको अवसर पारेर महेन्द्रनगरको एक समाजसेवी युवाहरुको समुहले रौटेला स्थि बृद्ध आश्रममा फलफुल वितरण गर्नुका साथै जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको छ । 

शनिबार दारी ग्याङ कञ्चनपुरका युवाहरुले समाजिक सेवा भन्दै फलफुल, जुस वितरण गर्नुका साथै स्वास्थ्य परीक्षण गराएको हो । 

दारी ग्याङ कञ्चनपुरका सल्लाहकार एव विद्यार्थी नेता नरेन्द्र भाटले आमाको सम्झना स्वरुप बृद्ध आश्रममा बस्दै आएका जेष्ठ नागरिकप्रति श्रद्धाचर्यताका लागि सदभाव प्रकट गरिएको बताए । 

उनका अनुसार उनीहरुको समान्य स्वाथ्य परीक्षण रक्तचाप, ब्लडप्रेसर लगाए परीक्षण गरेर परामर्स दिईएको छ । दारी ग्याङकाअध्यक्ष भुपेन्द्र मिश्र लगायतको उपस्थिति रहेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!