काभ्रेमा ट्र्याक्टरबाट खसेर एकको मृत्यु

Posted on: 04 May, 2019

 वैशाख २१, बनेपा । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकाको वडा नं १ आरुबोटेस्थित आज बेलुका ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार महाभारत गाउँपालिका वडा नं १ आरुबोटेस्थित गोकुलेबाट आरुबोटेतर्फ जाँदै गरेको ना३त ९१०३ नंको ट्र्याक्टरमा पछाडि सवार सोही ठाउँ बस्ने वर्ष ३५ को लालमान जिम्बा पछाडिबाट खस्न गई ट्र्याक्टरको चक्काले ढाडमा किच्दा घाइते भएको र तत्कालै उपचारका लागि स्थानीय मेडिकलमा पठाएकामा उपचारका क्रममा मृत्यु भएको हो । शव सोही मेडिकलमा रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताउनुभयो ।

यसैबीच आज बिहान काभ्रेपलाञ्चोकको कोशीपारिस्थित भुम्लु गाउँपालिका वडा नं ८ भुम्लुटारस्थित मादनकुँडारीबाट काठमाडौँतर्फ जाँदै गरेको बा४ख १३८३ नंको यात्रुबाहक बस ब्रेक फेल भई भित्तामा ठोकिएर दुर्घटना हुँदा १५ जना घाइते भएको प्रहरीले जनाएको छ । बसमा ३५ जना सवार रहेका थिए ।

घाइतेमध्ये केहीको स्थानीय मेडिकल र केहीको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचारपश्चात् घर फर्किसकेको छ भने गाडी चालक सिन्धुपाल्चोक जिल्लाको सिन्धुकोट बस्ने ३१ वर्षीया ईश्वर कार्कीको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!