राष्ट्रपतिद्वारा थाई नरेशलाई बधाई

Posted on: 05 May, 2019

वैशाख २१, काठमाडौँ (रासस) | राष्ट्रपति विद्यादेवी भण्डारीले थाइल्याण्डका नरेशका रुपमा महाभाजिरलङकोर्न बोदिन्द्रदेवायवरङकुनको राज्याभिषेक भएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । 

राष्ट्रपतिले थाई नरेशलाई आज एक बधाई सन्देश पठाउँदै उहाँको दूरदृष्टियुक्त मार्गनिर्देश एवम् नेतृत्वमा थाइल्याण्ड अधिराज्यले अझ प्रगति र समृद्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभएको छ । 

सन्देशमा राष्ट्रपतिले नेपाल र थाइल्याण्डबीच विद्यमान समधुर सम्बन्ध थाई नरेशको शासनकालमा थप सुदृढ हुने बताउनुभएको छ । उहाँले थाई नरेशको सुख, सुस्वास्थ्यका साथै थाइल्याण्डका मित्रवत् जनताको समृद्धिको कामना गर्नुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!