सुत्केरी हुन नसकेकी स्वस्तिकाको हेलिकोप्टरबाट उद्दार

Posted on: 05 May, 2019

वैशाख २२, कालिकोट । शान्नित्रिवेणि गाँउपालिका डाँडाखेतमा सुत्केरी हुन नसकेर थलिएकी १८ वर्षीया स्वस्तिका वमलाई उपचारका हेलिकोप्टरबाट उद्धार गरिएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहको पहलमा बमलाई उद्धार गरिएको हो ।


तीन दिनदेखि सुत्केरी व्यथा लागेकोले स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि नेपाली सेनाको हेलिकोप्टर सुर्खेत लगिएको शान्नी त्रिवेणी गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत नेत्रबहादुर शाहीले बताए । ‘सुत्केरी व्यथा लागेको तीन दिनसम्म सुत्केरी हुन नसकेपछि थप उपचारका लागि सुर्खेत लगिएको छ,’ उनले भने, ‘बच्चाको टाउको पाठेघरमा अड्किएका कारणले यहाँ उनको सुत्केरी हुने सम्भावना निकै कम थियो ।’ प्रमुख सिंहले हेलिकप्टरमा लाग्ने खर्च प्रदेश सरकारले व्यहोर्ने प्रतिबद्धता समेत जनाए ।

३ दिन सम्म सुत्केरी हुन नसकेर हेलिकोप्टरमार्फत उद्धार गर्नु परेको आफन्तले बताएका छन् । कर्णालीका विकट जिल्लामा सुविधासम्पन्न स्वास्थ्य संस्था नहुँदा सुरक्षित प्रसुति अभावमा महिलाहरूले ज्यान गुमाउनुपर्ने अवस्था छ । यो समस्या अन्त्य गर्न कर्णाली सरकारले हेलिकोप्टर चार्टरको व्यवस्था गरिरहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!