शल्यक्रियाको क्रममा फरक समूहको रगत चढाएपछि बालिकाको मृत्यु

Posted on: 06 May, 2019

बैशाख २३, काठमाण्डौ – शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा शल्यक्रिया गर्दा फरक समूहको रगत चढाइएको भनिएकी पाँच वर्षीया बालिकाको मृत्यु भएको छ ।

मुटुको शल्यक्रिया गर्ने क्रममा अर्कै समूहको रगत चढाइएको दाबी गरिएकी सर्लाहीकी ५ वर्षकी आकृतिकुमारी साहको ज्यान गएको हो । 

ओ पोजेटिभ समूहको रगत आवश्यक पर्ने आकृतिको शल्यक्रिया गर्ने क्रममा चिकित्सकले ए पोजेटिभ रगत चढाएको परिवारले दाबी गरेको छ । परिवारले चिकित्सकीय लापरबाहीका कारण बालिकाको ज्यान गएको आरोप लगाएको छ । आकृतिको उपचारमा लापर्वाही गर्ने डाक्टरलाई कारबाही गर्नुपर्ने भन्दै प्रदर्शनमा उत्रिएका छन् । 

अस्पतालले भने घटनाको छानबिन भइरहेको बताएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!