३० तोला अवैध सुनसहित नेपाल एयरलाइन्सका कर्मचारी पक्राउ

Posted on: 06 May, 2019

वैशाख २३, काठमाडौं । नेपाल एयरलाइन्सका एक कर्मचारी ३० तोला अवैध सुनसहित पक्राउ परेका छन् ।

३० तोला अवैध सुनसहित त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सका मेन्टिनेन्स हृयांगरमा कार्यरत कर्मचारी रञ्जितकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।

उनलाई आइतबार दोहाबाट आएको नेपाल एयरलाइन्सको फ्लाइटका यात्रु सिरहाका धर्मेन्द्रकुमार यादवले ल्याएको सो अवैध सुनसहित पक्राउ गरिएको वरिष्ठ प्रहरी उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिए ।

उनले अनुसन्धानका क्रममा दोहाबाट नेपाल एयरलाइन्समा आउने यात्रुहरुलाई आर्थिक प्रलोभनमा पारेर अवैध सुन पठाउने गरेको पाइएको पनि बताए ।

यात्रुहरुले ल्याएको अवैध सुन नेपाल एयरलाईन्सका कर्मचारी यादवले बुझ्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!