बैतडीमा स्थानिय पाठ्यक्रम निर्माण नहुदा समस्या

Posted on: 06 May, 2019

कृष्ण बिष्ट । बैसाख २३, बैतडी । बैतडीका स्थानिय तहहरुले स्थानिय पाठ्क्रम निर्माण गर्न नसक्दा यहाका सामुदायिक बिद्यालयहरुलाई समस्या हुने गरेको छ । नेपाल सरकारले प्राथमिकतहमा (१–५) स्थानिय बिषयलाई अनिवार्य बिषयको रुपमा राखेपनि यहाका स्थानिय तहहरुले पाठ्क्रम निर्माण गर्न नसक्दा समस्या हुने गरेको हो । 

समग्र जिल्लाको भौगलकि पर्यावरण, धार्मीक तथा प्राकृती सम्पदाको पहिचान र परीभासित गरी पाठ्कक्रम निर्माण गर्नुपर्ने भए पनि यहाका सामुदायिक बिद्यालयहरुमा सो पाठ्यक्रम निर्माण गरी अध्यापन नगरीने गरेको सामुदायिक बिद्यालयहरुले जनाएका छन । समग्र एक बिद्यालयले स्थानिय पाठ्यक्रम निर्माण गर्न असम्भव भएकाले सम्बन्धित पालिकाहरुले एकआपसमा समन्वय गरी स्थानिय पाठ्यक्रम निर्माण गर्नुपर्ने जानकारहरुले बताएका छन । स्थानियतहहरुले शिक्षाको क्षेत्रमा थुप्रै कार्यक्रमहरुको घोषणा गरेपनि अनिवार्यरुपमा रहेको स्थानिय पाठ्यक्रम निर्माण गर्न नसेको सरस्वती माबि पाटन १० का भुपु प्रद्यानाध्यापक कृष्ण प्रसाद भट्टले  बताए । 

यसरी सथानिय पाठ्क्रम स्थापना नभएपछ सम्बन्धित बिद्यालयहरुले स्थानिय बिषयनै अध्यान अध्यापन गराउने गरेका छैनन । पाठ्क्रम निर्माण नहुदा शिक्षक तथा बिद्यार्थीहरुमा अन्योलता उत्पन्न भएको छ । 

पाठ्यक्रम नभएपछि यहाका सामुदायिक बिद्यालयहरुमा यसको बिकल्पमा अन्य बिषयहरु अध्यापन गराइने गरेको छ । स्थानिय बिषयको पाढाइ गर्नुपर्ने समयमा ब्याकरण, दुनोट र अन्य बैकल्पीक समान्यज्ञान सम्बन्धी अध्यापन गराइने गरेको ज्ञानेश्वर माधमिक बिद्यालय पाटन ९ का शिक्षक धन बहादुर महराले जानकारी दिए ।

स्थानिय स्तरमा उपलब्ध श्रोत साधनसँग सम्बन्धित रहेर स्थानिय स्तरमा रहेको प्राकृतीक तथा धर्मीक स्थलको जानकारी स्थानिय पाठ्यक्रमा उपलब्ध गराउनुपर्छ । समग्र जिल्लाको गतिबिधी, रहनसहन तथा चालचलनलाई पछिल्लो पुस्तालाई जानकारी गराउनेको  लागि स्थानिय पाठ्यक्रम निर्माण गरी लागु गर्नुपर्ने भएपनि यहाका सामुदायिक बिद्यालयहरुमा लगु नभएको अर्का शिक्ष नरेन्द्र प्रसाद भट्टले बताए । 

स्थानिय तहमा निर्माण भएको शिक्षा समितीले स्थानिय स्तरमा उपलब्ध श्रोत साधनले स्थान पाउने गरी पाठ्क्रम निर्माण गर्नुपर्ने हुन्छ । यस पाठ्क्रममा यहा सुहाउदो परीवेस, भुगोल, प्राकृतीक श्रोत, धार्मीक तथा सास्कृतीक सम्पदा, रीतीसस्कृती, भेसभुषा, भुगोल र स्थानिय परीबेसलाई समेटेर पाठ्यक्रम निर्माण गर्नुपर्ने हुन्छ । 

यसरी यहाका स्थानियतहहरुले अहिले सम्म शिक्षामा गुणस्तरीयता कायम गर्ने भने पनि आफ्नो जिम्मेवारी पुरा गर्न सकेका छैनन । जिल्लामा रहेका कुनैपनि सामुदायिक बिद्यालयहरुमा स्थानिय बिषयको बिकल्पमा अन्य बिषय अध्यापन गराउने गरेको छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!