डोटीमा अज्ञात समूहद्वारा वडा कार्यालय आगजनी, सम्पूर्ण कागजात जलेर नष्ट

Posted on: 07 May, 2019

बैशाख २४, डोटी – अज्ञात समूहले सोमबार राति बडीकेदार गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालय जलाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक विद्यानन्द माझीले दिनुभएको जानकारी अनुसार सोमबार राति वडा कार्यालयमा आगजनी भएको हो ।

आगजनीबाट वडा कार्यालयमा भएका सम्पूर्ण कागजातहरु पूर्ण रुपमा जलेर नष्ट भएको वडा नम्बर ४ का वडाध्यक्ष वीरेन्द्र बहादुर कोटकेनीले बताए । 

आगो कसले र किन लगायो भन्ने विषयमा अहिलेसम्म केही पत्ता नलागे पनि केही समय अघि विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कार्यालय नजिक सुनालेकमा रहेको अस्थायी प्रहरी चौकी नहटाए कारवाही गर्ने धम्की दिएका कारण उनीहरुले नै आगो लगाएको हुन सक्ने प्रहरीको अनुमान छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!