काठमाडौंबाट बाघको छालासहित २ जना पक्राउ

Posted on: 07 May, 2019

बैशाख २४, काठमाडौं– काठमाडौंबाट बाघको छालासहित २ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२ लाजिम्पाटबाट बाघको छाला १ थानसहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा दार्चुला दुहु गाउँपालिका–१ घर भएका २९ वर्षीय नरेशबहादुर बम र सोही ठाउँ घर भएका २८ वर्षीय गोबिन्दसिहं महरा रहेको महानगरीय प्रहरी बृत्त दरबारमार्गका डिएसपी विनोद घिमिरेले जानकारी दिए ।

घटनाका  सम्बन्धमा थप अनुसन्धान भैरहेको उनले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!