राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गर्ने प्रधानाध्यापक पक्राउ

Posted on: 07 May, 2019

बैशाख २४, सिन्धुपाल्चाेक ।  साइबर क्राइमअन्तर्गत फटकशिला माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षक महासङ्घ सिन्धुपाल्चोकका सचिव ईश्वर चौलागाईं पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यलय मेलम्चीले मंगलबार उनलाई  पक्राउ गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विवाहबन्धनमा बाँधिएकोे फोटो बनाएर आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गरेको आरोपमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।

पक्राउ परेका चौलागाईंलाई आजै महानगरीय अपराध माहाशाखामा बुझाउने निरीक्षक दर्नालले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!