महाकालीमा नदीमा पौडी खेल्न गएका एक किशोर बेपत्ता

Posted on: 07 May, 2019

वैशाख २४, दार्चुला । महाकाली नदीमा पौडी खेल्न गएका एक किशोर बेपत्ता भएका छन् । मालिकार्जुन गाउँपालिका–७ जौलजीविका १५ वर्षीय भूपेन्द्रबहादुर चन्द बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

उहाँसँगै पौडी खेल्न गएका दीपेशबहादुर चन्द भने सकुशल रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिनुभयो । पौडी खेल्ने क्रममा बगेका दिपेशको जीवितै उद्धार गरिएको छ ।

बेपत्ता चन्दको प्रहरी चौकी जौलजीविबाट खटिएको टोलीले खोजीकार्य भइरहेको जनाएको छ । गर्मी बढेसँगै यस क्षेत्रमा अधिकांश युवा पौडी खेल्न तथा नुहाउन महाकाली नदीमा जाने गर्छन् । जीवित भेट्टिएका दीपेशको अवस्था भने सामान्य छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!