गाई काटेको आरोपमा २ जना पक्राउ

Posted on: 08 May, 2019

बैशाख २५, रामेछाप – रामेछापमा गाई काटेको आरोपमा २ जना पक्राउ परेका छन् । 

खाँडादेवी गाउँपालिका-१ चापडीका रामशरण खड्का र २९ वर्षीय सुजन खड्कालाई गाई काटेको अभियोगमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

गाई काटेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले यससम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!