नुवाकोटमा १६ वर्षीय एक बालक मृत फेला

Posted on: 08 May, 2019

 बैशाख २५, नुवाकोट । नुवाकोटमा एक बालक मृत फेला परेका छन्। जिलिङ घर भई देवीघाटको सहिद जगतप्रकाश जंग शाह संस्कृत माविको कक्षा ९ मा अध्ययनरत १६ वर्षीय गणेश दाहाल मृत भेटिएका हुन्। 

उनको शव हराएको २७ घण्टापछि तादी खोलामा भेटिएको हो। उनको शव गाउँलेले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

बुबासँग सोमबार दिउँसो ४ बजेतिर देवीघाट बजारमा क्यारेमबोर्ड खेल्न जान्छु भनेर हिँडेका गणेश घर फर्किएका थिएनन्। पोष्टमार्टमका लागि उनको शव नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ। 

परिवारले बाललको हत्या गरिएको आशंका गरेका छन्। बाललको मृत्यु सम्बन्धमा अनुसन्धान भइरहेको छ। परिवार र आफन्तले छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन्। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!