कांग्रेसको जागरण अभियान सुरु

Posted on: 08 May, 2019

बैशाख २५, सुर्खेत। नेपाली काँग्रेसका कोषाध्यक्ष सीतादेवी यादवले नेकपाको वर्तमान सरकारले दुई तिहाइको दम्भ देखाएर मुलुकलाई बर्बादीतर्फ धकेलिरहेको बताएकी छन् । पार्टीको सञ्चालन गरेको जागरण अभियान बुधबार सुर्खेतमा सुभारम्भ गर्दै कोषाध्यक्ष यादवले पार्टीको सांगठनिक सुदृढीकरण र वर्तमान सरकारले कर्तुतबारे नागरिकलाई सचेत गराउने अभियानमा पार्टी लागेको बताईन् । ‘वर्तमान सरकार दुई तिहाइको दम्भमा नागरिकका अधिकारहरु कण्ठित गर्न खोजीरहेको छ’ उनले भनिन्, ‘यसले मुलुकलाई समृद्धितर्फ होइन बर्बादीतर्फ धकेलिरहेको छ ।’


काँगे्रसले नागरिक अधिकार स्थापित गराउन सात दशक लामो लडाइँ लडेको चर्चा गर्दै कोषाध्यक्ष यादवले इतिहास मेटाउने कुचेष्टा नगर्न वर्तमान सरकारलाई चुनौती दिईन् । ‘मुलुकको स्वाधिनता, नागरिक अधिकार र लोकतन्त्र स्थापनाको लागि पटक–पटक आन्दोलनको नेतृत्व गरेको कुरा सम्झाउनु पर्दैन होला’ उनले भनिन्, ‘नागरिक अधिकार हन््न गरेर मुलुक कब्जा गर्ने सपना वर्तमान सरकारले नदेखे हुन्छ ।’ काँग्रेसको ईतिहास मेटाउने कम्युनिष्टले नसक्ने उनले बताईन् ।

सरकारले मुलुकमा शान्ति सुरक्षा कायम गर्न नसकेको र भ्रष्टाचार न्युनिकरणमा ध्यान नदिएको उनको भनाई छ । पार्टीभित्रको आन्तरिक विभाजनले पार्टीलाई कमजोर बनाउने र यसको फाइदा विपक्षीले लिने भन्दै पार्टीको गुटबन्दी अन्त्य गरी काँग्रेस नेतृत्व अगाडि बढ्नु पर्ने उनको भनाई छ । पार्टीको एकताले काँग्रेसलाई फेरी पनि मुलुकको ठुलो पार्टी बनाउन सकिने उनको भनाई छ । प्रधानमन्त्रीले मंगलबार संघीय संसदमा दिएको अभिव्यक्ति सम्मानित सदन र संसदीय मर्यादा विपरित रहेको उनले बताईन् ।

अभियान उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सभा नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले पार्टीलाई पुनर्ताजकी गर्न र वर्तमान सरकारका नागरिक अधिकारविरुद्धका क्रियाकलापबारे जनतालाई जानकारी दिन राष्ट्रिय जागरण अभियान थालिएको बताए । ‘हाम्रो अभियानको उद्देश्य पार्टीलाई पुनर्ताजगी गर्नु हो’ उनले भने, ‘वर्तमान सरकारले झै विपक्षीलाई गाली गर्नुका लागि हाम्रो उद्देश्य होइन ।’ गाउँ–गाउँसम्ममा पुगेर जनताका समस्या, गुनासा, र अपेक्षाहरु समेट्न जागरण अभियान थालिएको उनले बताए । नेता शाहीले कांग्रेसले गरेका राम्रा कार्यहरु जनतासम्म पु¥याउने, कम्युनिष्ट सरकारका नराम्रा कार्यहरुको पर्दाफास गर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मी, क्षेत्र नम्बर २ का सभापति नारायण कोइरालालगायतका वक्ताहरुले पार्टीको जागरण अभियानको उद्देश्यले यसबाट पार्टीको संगठन सुधारका सफल हुने विश्वास गरेका छन् । नेपाली काँग्रेस सुर्खेतले जिल्लाका ९ वटै स्थानीय तहमा कार्यक्रम गर्ने गरी योजना बनाएको छ । बैशाख २९ गते सिम्ता गाउँपालिकाको राकम, ३० गते गुर्भाकोट नगरपालिकाको मेहेलकुना र जेठ २ गते भेरीगंगा नगरपालिकाको  छिन्चुमा जागरण अभियान अन्तर्गत सभा आयोजना गरिने नेपाली काँग्रेसले जनाएको छ ।

यस्तै लेकबेशि नगरपालिकाको कल्याणमा  जेठ ३ गते, चिङ्गाडको  अवचिङमा जेठ ६ गते, चौकुनेको गुटुमा ९ गते, पन्चपुरीको बावियाचौमा १० गर्ने निर्णय गरेको छ । बराहतालको बड्डिचौरमा जेठ २० गते कार्यक्रम हुने छ भने बीरेन्द्रनगरमा भने कहिले गर्ने भन्ने विषयमा छलफल भईरहेको कांग्रेस जिल्ला कार्यसमितिका सभापति कमलराज रेग्मीले जानकारी दिए । २५ गते पुनः पार्टी कार्यलयमा कार्यक्रम गरेर पहिलो चरणको जागरण अभियान समापन गरिने सभापती रेग्मीले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!