तनहुँमा पेस्तोलसहित ४ जना पक्राउ

Posted on: 08 May, 2019

बैशाख २५, तनहुँ | तनहुँको शुक्लागण्डकी नगरपालिका– २ नर्सरीबाट पेस्तोलसहित चार युवा आज पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २२ वर्षीय विपीन पुन, २३ वर्षीय सञ्जीव कुँवर, २६ वर्षीय केशव आचार्य र १९ वर्षीय सुशील गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

कालिका मन्दिर नजिकै गाँजा सेवन गरिरहेका अवस्थामा प्रहरीको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले निजको साथबाट एक थान कटुवा पेस्तोल र १०० ग्राम गाँजासमेत बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!