सिन्धुपाल्चोकमा बसको ठक्करबाट एक जनाको मृत्यु

Posted on: 09 May, 2019

 बैशाख २६, काठमाडौं | सिन्धुपाल्चोक बलेफीस्थित बलेफी बजारमा बा.३ ख ९३४ नम्बरको बसले बा.७२ प ९०३४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक बलेफी बजारमा सुन पसल गरी बस्ने बाह्रबिसे घुम्थाङका २५ वर्षीय विजय प्रधान रहेको प्रहरीले जनाएको छ ।

बस खाडीचौरबाट बलेफीतर्फ जाँदै गरेको थियो । दुर्घटनाको बिषयलाई लिएर मृतकका आफन्तले बाटो अवरोध गर्नुका साथै प्रहरीको गाडीमा ढुङ्गामुढा गर्दा ११ जना प्रहरी कर्मचारी सामान्य घाइते भएका छन् । ढुङ्गामुढा प्रहार गर्ने ४ जना र बस चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!