सर्लाहीमा ट्रकको ठक्करबाट एक किशोरको मृत्यु

Posted on: 09 May, 2019

बैशाख २६, सर्लाही |  सर्लाहीमा ट्रकको ठक्करबाट एक किशोरको मृत्यु भएको छ  । हरिवनस्थित मुसलमान टोलमा ना.३ ख ५६१५ नम्बरको ट्रकले ठक्कर दिँदा सोही स्थान बस्ने शेख मेराजु बिनको १६ वर्षीय छोरा शेख खुस्बु बिनको मृत्यु भएको हो । 

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालक प्रहरीको नियन्त्रणमा छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!