बैतडीमा जीपको ठक्करबाट एक बालकको मृत्यु

Posted on: 09 May, 2019

बैशाख २६, बैतडी - डिलाशैनी गाउँपालिका-६ बांगाबगरमा जीपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । सडक छेउमै खेलिरहेका तीन वर्षीय बालक युकेश साउदलाई जीपले ठक्कर दिँदा ज्यान गएको हो । 

साउदलाई बिहीबार दिउँसो गोकुलेश्वरबाट सतबाँझतर्फ आउँदै गरेको से १ ज ६०३ नम्बरको जीपले ठक्कर दिएको थियो । जीपको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा गोकुलेश्वर अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए । 

बालकलाई ठक्कर दिएर भाग्दै गरेका जीप चालक विक्रम बिष्टलाई सल्सेनाबाट जीपसहित प्रहरीले नियन्त्रणमा लिइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!