भारतबाट २३ महिलाको उद्दार

Posted on: 09 May, 2019

वैशाख २६, काठमाडौँ । भारतको बाटो हुँदै तेस्रो मुलुक अवैध रुपमा लैजाने क्रममा २३ नेपाली महिलाको भारतबाट उद्दार गरिएको छ । 

भारतको मिजोरमस्थित, मिजोरम प्रहरी र भारतको सामाजिक कल्याण केन्द्रको सहयोगमा काँकरभिट्टासम्म ल्याई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नेतृत्व र समन्वयमा आज काँकरभिट्टास्थित माइती नेपालको सेन्टरमा मनोसामाजिक परामर्श र अनुसन्धानका लागि राखिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका  सहसचिव रुद्रादेवी शर्माले जानकारी दिनुभयो । 

उद्दार गरिएका महिला २० देखि ४५ वर्ष उमेर समूहका रहेका छन् । उनीहरु झापा, मोरङ, सिन्धुपाल्चोक, काठमाडौँलगायत जिल्लाका रहेका छन् । मन्त्रालयका कर्मचारी नेतृत्वको टोली तथा मानव बेचबिखन र अनुसन्धान ब्यूरोले उक्त घटनाबारे अनुसन्धान गरिरहेको बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!