राजस्थानको धूलोले काठमाडौँ ढाक्यो

Posted on: 10 May, 2019

बैशाख २७, काठमाडौँ । बादल लागेको छैन, त्यसैले पानी पर्ने कुनै छाँट पनि छैन । हिउँद नभएकाले कुहिरोको सम्भावना पनि छैन । तर पनि यतिबेला राजधानीको आकाश सफा छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेका छन् । 

केही दिन अघि पानी प¥यो, आकाश खुलेर नीलो थियो । तर अहिले रातो र घुर्मैलो रङ मिसिएको तुवाँलोले भरिएजस्तो देखिन्छ । “सडकमा धूलो नउडे पनि अनुहार र नाकमा धूलो परेजस्तो लाग्दैछ,” बटुवा रमिता सुवेदीले भन्नुभयो, “दिउँसो केही समय तातो हुन्छ तर साँझ बिहान चिसो महसुस गर्छु ।” 

भारतको राजस्थानबाट आएकोे हुरीको परिणामले राजधानीको आकाश र मौसम धूलोले भरिएकोे मौसमविद् राजु प्रधानाङ्ग बताउँछन् ।  

“थार मरुभूमिमा यतिबेला बालुवाको धूलोसहितको ठूलो हुरी चलिरहेको छ,” उनले थपे, “चर्किदो घामसँगै बलौटे माटो हुरीसँगै उड्ने गर्छ ।” 


यस बिषयमा तपाइको प्रतिक्रिया...!