बैतडीमा परिवार नियोजनप्रति महिलाको आकर्षण बढ्दो

Posted on: 10 May, 2019

बैशाख २७, काठमाडौं | लामो समयसम्म काम गर्ने परिवार नियोजनका साधनमा विशेष गरी दुर्गम क्षेत्रका अति विपन्न समुदायलाई स्वास्थ्य संस्थामार्फत तालीमप्राप्त स्वास्थ्यकर्मीले सहज पहुँच पु¥याउने कार्यक्रमलाई ‘भिजिटिङ सर्भिस प्रोभाइडर्स’ भनिन्छ । बेलायतको अन्तर्राष्ट्रिय सहयोग नियोग (डिआइडी)को आर्थिक सहयोग र संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए)को प्राविधक सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यहाँ यो कार्यक्रम कार्यान्वयन गरिराखेको छ । 

कार्यक्रमका जिल्ला संयोजक गणेश शाहीले बैतडी जिल्लाका सन् २०१९ मा परिवार नियोजनको अस्थायी साधन इम्प्लान्ट र आयुसिडी प्रयोग गर्नेको सङ्ख्या ९८९ पुगेको जानकारी दिनुभयो । 

कार्यक्रमले विशेष गरी इम्प्लान्ट र आयुसिडी राख्न र झिक्नसमेत ज्ञान र सीप भएका नेपाल सरकारका स्वास्थ्यकर्मी र अन्य स्वास्थ्यकर्मीलाई तालीम दिइ जिल्लामा सबै स्वास्थ्यमार्फत सेवा दिइराखेको छ । अर्काेतर्फ सरकारी स्वास्थ्यकर्मीका साथमा तीन वटा समूह जिल्लाभर परिचालन भइराखेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!