आगलागी पीडितलाई राहत प्रदान

Posted on: 10 May, 2019

चिसाङ शेर्पा, खोटाङ २७, बैशाख  | आगलागी पीडित परिवारलाई गाउँपालिकाले राहत प्रदान गरेको छ । ऐंसेलुखर्क गाउँपालिका–३ ऐंसेलुखर्कका अग्नी पीडित टेक बहादुर बिकको परिवारलाई गाउँपालिकाले आर्थिक र खाद्यन्न सहयोग गरेका हुन् ।


वस्दै आएको घरमा गत मंगलबार राती अचानक आगलागी भएपछि विचल्लीमा परेका बिक परिवारलाई बिहीबार गाउँपालिकाको तर्फबाट २० हजार नगद, ६० केजी चामल, नुन, तेल सहित पाल, कम्मल, भाडाँकुडाँ प्रदान गरिएको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले जानकारी दिए ।

आगलागीबाट सर्वस्व गुमाएका पीडित परिवारलाई गाउँपालिकाको सहयोगले थोरै मात्रामा भए पनि जीविकोपार्जन गर्न सहयोग पुग्ने अध्यक्ष निरौलाले बताए । अग्नी पीडित परिवार ससुराको घरमा ओत लागेर बसेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!