कतारको जेलमा थुनिएका छोरालाई नेपाल फर्काइदिन बाबुआमाको आग्रह (भिडियो)

Posted on: 10 May, 2019

बैशाख २७, काठमाडौं | विगत साढे २ वर्षदेखी कतारको ओग्रा जेलमा रहेका चितवन भरतपुर स्थायि घर भएका विनोद रानालाई बचाउँदै नेपाल फर्काउन परिवारजनले अपिल गरेका छन् ।

विनोदका बाबुले रोजगारीको सिलसिलामा कतार पुगेका कम्पनिमा काम गर्दा गर्दै डिुयुटीबाट फर्किएका बेला सुनियोजित रुपमा हत्याको आरोपमा जेलमा राखिएको बताए ।

हाल कतारको २ लाख ६० हजार ब्लड मनिको रुपमा माग गरेको भन्दै बाबुले आफ्नो हैसियत भन्दा बाहिर रहेको हुदाँ सबैले छोरा नेपाल फर्काउन सहयोगको अपिल गरे । 

ब्लड मनि पुरा गर्न नसके जुनसुकै एक्सन हुन सक्ने भन्ने खबर आएको आफन्तहरुले बताए । 

नाभाटको उद्धारका लागी बिनोद रानाभाट रिहाइ तथा उद्धार समिति गठन गरिसकिएको छ । त्यसैगरि सहयोग गर्न चाहने ईच्छुकले कृषि विकास बैंक लि. माडीमा रहेको विनोद रानाभाट रिहाई तथा उद्धार समितीको खाता नं. ०५०८८०१३३७०९४०१३ मा रकम जम्मा गरि सहयोग गर्न सक्ने बिनोद रानाभाटका बुवा ढाकामोहन रानाभाटले जानकारी दिनुभयो । सहयोग गर्न ईच्छुकहरुले नेपाल भरिको कृषि विकास बैंक लि.बाट रकम जम्मा गर्न सक्नेछन् । त्यसैगरि सहयोगका लागी मोबाईल नं. ९८४५२०१४४२, ९८४५३४५१३४ तथा ९८४५३६८९७० मा पनि सम्पर्क गर्न सकिने समितीले जनाएको छ ।

रानाभाटलाई भारतीय कामदारले आक्रमण गरेकोमा आफ्नो ज्यानको सुरक्षाका लागि प्रतिकार गर्दा भारतकै अर्का कामदारको मृत्यु हुन पुगेको थियो । कतारस्थित अल ग्रुप क्लीनिङ कम्पनीमा जनरल क्लिन वर्कर पदमा काम गरिरहनुभएका उहाँलाई घटना लगत्तै कतार पुलिसले पक्राउ गरी ओक्रा जेलमा राखी मुद्धा चलाएको थियो । मुद्धाको फैसला अनुसार रानाभाटले ५ महिना भित्र भारतीय कामदारको परिवारलाई ब्लड मनीका रुपमा २ लाख ६० हजार कतारी रियल अर्थात नेपाली करीब ८२ लाख रुपैयाँ बुझाउनुपर्ने पारिवारिक श्रोतले जनाएको छ  |


यस बिषयमा तपाइको प्रतिक्रिया...!