वैशाख २७, काठमाडौं । आर्थिक लेनदेनको विषयमा व्यक्तिलाई बन्धक बनाएको अरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अमिना भुजेल रहेको प्रहरीले जनाएको छ ।
भुजेलले इमाडोलका कृष्ण चौडेललाई बन्धक बनाइ राखेकी थिइन् । महाशाखाका एसपी केदार ढकालका अनुसार भुजेल र चौडेलबीच लेनदेनको विवाद रहेको थियो ।
भुजेलले चौडेललाई २ लाख रुपैयाँ ऋण दिएकी थिइन् । तर, ब्याज वापतको रकम दिन बाँकी थियो । रकम नदिएपछि भुजेलले उनलाई बन्धक बनाउने प्रयास गरेकी थिइन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको एसपी ढकालको जनाए ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!