बझाङमा बेपत्ता बालकको शव दुइ दिनपछि फेला

Posted on: 10 May, 2019

सम्राट सिंह |  बैशाख  २७, बझाङ | दुईदिन देखि सेती नदीमा वेपत्ता भएका बालकको शव फेला परेको छ । जयपृथ्वी नगरपालिका ६ बस्ने लोेकेन्द्र बुढाका ६ वर्षीय छोरा अशोक बुढाको शव छबिस पाथिभेरा गाउँपालिकाको भाँडेबगरमा आज फेला परेको हो ।

उनी सुनिपिपल चौर माध्यामिक सुबेडामा १ कक्षामा अध्ययनरत थिए । मंगलबार लुयाँटाको गोठाली खेल (सुवेडा (लुयाँटा जोड्ने पुल) सेती नदीको छेउमा हिँड्दै गर्दा चप्पल चिप्लेर नदीमा खसेर बेपत्ता भएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!