शिव पार्वतको मुर्ति स्थापनाका लागी रु १ लाख जम्मा गरेर संस्थापक वन्नका लागी १ सय ११ जनाले फारम भरि सकेको र केहि रकम वैक जम्मा समेत भएको आयोजकले जनाएको छ । १ सय ५१ जना संस्थापक वनाउने योजना अनूरुप अन्य सदस्यहरुले भरेका फारामहरु सचिवालयमा प्राप्त हुन वांकी रहेका छन् । त्यसै गरि ५ हजार १ सय जनाले तूलादान गर्ने व्यवस्था अनूरुप देशका विभिन्न स्थानवाट २ हजार ५ सय फाराम सचिवालयमा प्राप्त भएको र अन्य फारामहरु उपलव्ध हून वांकी रहेका छन् । विषेश गरि पर्वत जिल्लाको ७ वटै स्थानिय तहका श्रद्धालू भक्तजनहरुको उत्साह र चासो देखिएकाले यो महायज्ञ सफलहूने मूल संयोजक पृथ्वी नारायण शर्माले वताउनू भयो । पार्वतीको जन्मभूमी पाङ्ग र यस संग अवस्थित सवैभन्दा लामो गूप्तेश्रर गुफाको प्रचार प्रसार र विश्वकै अग्लो शिव पार्वतीको मुर्ति स्थापन,धर्मशाला र सिस महल निर्माणका लागी यस महायज्ञ सफलहूने वताउनू भयो ।


पर्वत जिल्लालाई नेपालकै धार्मिक पर्यटन संग जोड्नका लागी यस महायज्ञको मूल उद्धेश्य रहेको छ । मोदिवेणीधाम ,गुप्तेश्रर गुफा,वाग्लुङ्ग कालिका,मूक्तिनाथ मन्दिर,चुवाको विष्णु वाटिका अस्वस्तमुक्ति मार्ग लगायतका धार्मिक स्थलहरुलाई जोड्न पनि यस महायज्ञ सफल हूनेछ ।
कूश्मा नगरपालिका वडा नं. ५ अवस्थित गुप्तेश्रर परिसरमा आयोजना गर्न लागिएको उक्त विराट महायज्ञमा स्वतस्फूर्त रुपमा स्थानियहरु उपस्थित भई यज्ञको तयारीमा सहयोग गरेका छन् । आज कूश्मा नगरपालिका वडा नं. ५ का विभिन्न महिला समूहका सदस्यहरु उपस्थित भई यज्ञस्थलको तयारीका लागी जनश्रम गरेका छन् ।
अराध्यदेव पार्वतीको जन्म पर्वतकै पाङमा भएको किम्बदन्तीका आधारमा विश्वमै अग्लो शिवपार्वतीको मुर्ति बनाउन लागिएको हो । देवी पार्वतीको जन्म पर्वतको पाङ्गमा भएको र गुप्तेश्वर गुफामा तपस्या गरि महादेवलाई पतिको रुपमा पाएको किंवदन्ति रहि आएकोे छ । अहिलेसम्म शिव या पार्वतीको मुर्तिमात्र छुट्टाछुट्टै बनाईरहेका बेला पर्वतमा पहिलोपटक संयुक्त मुर्ति स्थापना गरिने भएको संयोजक शर्माले बताए ।  एघार दिनसम्म संचालन हुने महायज्ञबाट रु १० करोड भन्दा बढि संकलन गर्ने लक्ष्य राखिएको छ ।


महायज्ञमा ५ हजार १ सय भन्दा वढी व्यक्तिद्वारा तुलादान तथा रु  १ करोड अग्नी हुमन सञ्चालन हुनेछ । नेपालमा कमै मात्रामा हुने कोटीहोम सहितको तुलादानमा जुनसुकै जातजाती र धर्म सम्प्रदायका व्यक्तिहरुले तुलादान गर्न पाउने भएका छन् । आर्थिक रुपमा सक्षम व्यक्तिले पैसा तिरेर तथा विपन्न र असहाय व्यक्तिहरुले निःशुल्क तुलादान गर्न पाउने बरिष्ठ उपाध्यक्ष केदारनाथ शर्माले जानकारी दिए । कार्यक्रमको व्यापक रुपमा प्रचार प्रसार भएकाले वडा तथा पालिका स्तरमा गठन भएका उपसमितिहरुले सकृय रुपमा कार्य गरेको महासचिब अच्युत तिवारीले जानकारी दिए ।

जेठ १ गते कूश्मा वजारमा निस्कने कलस यात्रामा सवै भक्तजनहरुलाई आपनो भेषभूषा सहित कलस यात्रामा सहभागिहून आयोजकले आग्रह गरेका छन ।