बाजुरामा ट्र्याक्टर दुर्घटना, १ जनाको मृत्यु

Posted on: 10 May, 2019

बैशाख २७, बाजुरा– ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सदरमुकाम मार्तडीबाट पूर्वीउत्तरी क्षेत्र कोल्टी जाँदै गरेका लु ४ त ७८१ नंको ट्र्याक्टर बूढीनन्दा नगरपालिका–५ दान सागुमा भएको दुर्घटनामा बूढीनन्दा नगरपालिका–७ का २१ वर्षीय डपेन्द्र खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । 

घाइते हुनेमा कैलाली जिल्ला घोडाघोडी नगरपालिका–१० का १९ वर्षका चालक खगेन्द्र चौधरी र बाजुरा जिल्ला स्वामी कार्तिक गाउँपालिका–३ बस्ने प्रकाश शाही रहेको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ । घाइतेको कोल्टी प्राथमिक स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!