शिक्षकले विधार्थी कुटेपछि तनाव, विधार्थीमा त्रास

Posted on: 10 May, 2019

चिसाङ शेर्पा । बैशाख २७, खोटाङ । शिक्षकले विधार्थी कुटेपछि अभिभावकले शिक्षकलाई कारवाहीको माग गरेका छन् । दिक्तेलको त्रिवेणीचोकमा अवस्थित माउण्ट एभरेष्ट इङलिस सेकेण्डरी वोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत विधार्थी सुनिल खतिवडालाई शिक्षक पार्जुन राईले निलडाम हुनेगरी कुटेपछि पीडित विधार्थीका अभिभावकहरुले शिक्षकलाई कारवाहीको माग गरेका छन् ।


शुक्रबार दिउँसो कक्षाकोठाको डेस्कमाथि बसेको निहुंमा शिक्षकले बाँसको भाटै भाटाले ढाडमा कुटेको पीडित विधार्थीले बताएका छन् । खाजा खाने समयमा केहीवेर डेस्कमाथि बसेको र साथीले सरलाई भनिदिन्छु भन्दै बाहिर गएको र, नभन्दै बाहिरबाट सर आएर सरासर कुटेको प्रत्यक्षदर्शी एकजना विधार्थीले बताईन् । यद्यपी, उनीसँगै अन्य विधार्थी पनि केहीवेर डेस्कमा वसेका थिए । सरले पिट्दा अन्य विधार्थी बोल्न नसकेको र पिटाइ खाने विधार्थीले गुहार मागेपछि नजिकैको होटल व्यवसायीले नकुटन् आग्रह गरेपछि कुट्न छोडेको अभिभावक काजीकुमार खतिवडाले बताए ।

विधार्थी कुटिएपछि अभिभावकहरुले साँझमा करीव एक घण्टा वोर्डिङ घेराउ गरेका थिए । विधार्थीलाई रचनात्मक, भावनात्मक तथा मायालु वातावरणमा पढाउनुको सट्टामा भौतिक यातना दिने शिक्षकलाई तत्काल झिकाएर कारवाही गरिनुपर्ने भन्दै अभिभावकहरु शिक्षकप्रति आक्रोशित भएका छन् । आफ्नो विधार्थीलाई गम्भीर खाले भौतिक यातना दिने शिक्षकको हर्कतबाट सबै विधार्थीको दिमागमा गहिरो असर पुगेको अभिभावकहरुले बताएका छन् ।

शिक्षकको चर्को विरोधपछि अभिभावक तथा विधालयका प्रधानाध्यापक विच सामान्य सहमतिमा विधार्थीको आजै स्वास्थ्य जाँच गरिएको छ । जाँच गर्दा शरीरमा भाटाको दागहरु देखिएको पीडित विधार्थीका बुबा खतिवडाले जानकारी दिए । पीडित विधार्थी, विधार्थी पिट्ने शिक्षक र अभिभावक बिच आईतबार बसेर छलफल गर्ने कुरा भएको प्रधानाध्यापक सागर जोशीले बताए । शिक्षकको यस किसिमको गतिविधिले विधार्थीमा त्रास फैलिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!