बैतडी: बिहे गर्न उमेर नपुगेका किशोरीको घरमा हरीयो झण्डा

Posted on: 11 May, 2019

कृष्ण बिष्ट | बैसाख २८, बैतडी | बैतडीको पुर्चाैडी नगरपालिका वडा नं ४ कि अनिता धानुकको घरमा नगरपालिकाले हरियो झन्डा गाडेको छ । “बाल बिवाह गर्न अपराध हो, बिहेवारी २० वर्ष पारी, सानै उमेरमा बिहे गरे बिग्रन्छ घरबारी” नामाकरण गरी उनको घरमा हरीयो झन्डा गाडीएको हो । यसको संकेत बिहे गर्न उनको घरमा उमेर पुगेको छैन भन्ने संकेत हो ।

“बिहे गर्न उमेर नपुगेको हुनाले आफ्नो घरमा नगरपालिकाले हरीयो झण्डा गाडेको हो, उनले भनिन, २० वर्ष मुनिको किसोरीको घरमा यसै गरी नगरपालिकाले हरीयो झण्डा गाडेको छ । हरीयो झण्डा गाडीएको घरमा बिहे गर्नको लागि किसोरीको उमेर पुगेको छैन भन्ने संकेत रहेको उनले बताइन । 


नगरपालिकाले बाल बिवाह न्युनिकरणको अभियान सञ्चालन गरेको छ । प्रत्येक वडाहरुमा किसोरिबृत गठन गरी बिभिन्न सचेतनाका कार्यक्रमहरु पनि सञ्चालन गरेकोले किसोरीहरु पनि बाल बिवाह गर्नु नपर्नेमा सचेत भएका छन । 

नगरपालिकाले बाल बिवाहक न्युनकिरणको लागि चालेका अभियान राम्रो रहेको किसोरीहरुले बताएका छन । यस कार्यक्रमले बालबिवाक न्युनिरकण्मा सकारात्मक भुमिका खेल्ने अर्की किसोरी लक्ष्मी भण्डारीले बताइन । उनले भनिन् “यस कार्यक्रममा म पनि सहभागी भएकि छु, स्वयम म पनि बाल बिवाह गर्दीन, अरु साथीहरुलाई पनि बाल बिवाह गर्नु हुन्न भनी बिभिन्न सचेतनाका कार्यक्रममा सहभागि हुने गरेकि छु”। उनले बताइन ।   

नगरपालिकाले सेवा क्षेत्रभित्रका एक हजार घरहरुमा हरीयो झण्डा गाडेको छ । हरीयो झण्डा गाडीएको घरमा १६ देखि २० वर्ष उमेर समुहकी किसोरीहरु भएकाले सो घरमा बिहे गर्न उमेर पुगेको छैन भनि बुझ्नु पर्ने किसोरीबृतमा आबद्ध जयन्ती अवस्थीले बताइन । उनले भनिन “नगरपालिकाले बाल बिवाह न्युनिकरणको अभियान सरहानिय छ, बालबिवाह न्युनिकराण्मा नगरपालिकाले चालेको अभियानमा समद्ध सबै निकाय र आम अभिभावकहरुले साथ दि नुपर्ने हुन्छ ।”

अबको अढाइ वर्ष भित्रै पुर्चाैडी नगरपालिकालाई बाल बिवाहमुक्त नगरपालिका बनाउनको लागि अभियान सञ्चालन गरेको नगरपालिकाले जनाएको छ । किसोरीहरुलाई बिवाह २० वर्ष पुरा भएपछि मात्रै गर्नुपर्छ भन्ने धारणा बसाल्नको लागि प्रत्येक वडाहरुमा वडास्तरीय किसोरीबृत गठन गरी बिभिन्न सचेतनाका कार्यक्रमहरु सञ्चालन गरेको उपप्रमुख जानकी बमले जानकारी दिइन । ग्रामिण भेगमा किसोरको तुलनामा बाल बिवाह गर्ने किसोरीहरु बढी रहेकाले वडा स्तरीय किसोरीबृत गठन गरी सचेतनाका कार्यक्रमहरु सञ्चालन गरीएको उपप्रमुख बमले बताइन । सचेतनाका कार्यक्रममा उमेर नपुग्दै बिहे गरेमा हुने शैक्षीक, सारिरीक तथा मानसिक समस्याका बारेमा जानकारी गराइन लागेको उपप्रमुख बलमे बताइन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!