सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु

Posted on: 11 May, 2019

वैशाख २८, सर्लाही । सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । सिमावर्ती विष्णु गाउँपालिका–४ विश्वनाथपुरमा आज दिउँसो मोटरसाइकल दुर्घटना हुँदा सुनिल महतोकीे ४० वर्षीया श्रीमती बबितादेवी महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बीआर ३० एच ९४३२ को मोटरसाइकलबाट भारतको मेजरगञ्जबाट आफ्नो घर आउँदै गरेको अवस्थामा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुदाँ बबिताको ज्यान गएको प्रहरीले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!