गोरखा पत्रकार मञ्च गठन, गोर्खाली पत्रकारलाई आवद्ध हुन आव्हान

Posted on: 11 May, 2019

बैशाख २८, काठमाडौं । पत्रकारितामा क्रियाशील रहेका गोरखाका पत्रकारहरुको सक्रियतामा ‘गोरखा पत्रकार मञ्च’ भएको छ ।  विभिन्न सञ्चार माध्यममार्फत पत्रकारिता गर्दै आएका गोर्खाली पत्रकारहरुको काठमाडौंमा सम्पन्न भेलाले १३ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।


राष्ट्रिय समाचार समिति (रासस) का पत्रकार प्रदीपराज वन्तको संयोजकत्वमा गठन भएको सो समितिको सल्लाहकारमा रामजी दाहाल, खिलबहादुर भण्डारी, अमृत दाहाल र सुशील अर्याल छन् । 

तदर्थ समिति सदस्यमा सोविता रिसाल, विनोद ढकाल, मञ्जिमा ढकाल, सागर पन्त, रक्षा रेग्मी, अर्जुन पन्त, सुमन पण्डित, विकास भट्टराई, सुवास भट्ट, टुना भट्ट, जापान गुरुङ र देवराज गुरुङलाई चयन गरिएको छ ।

देश भित्र तथा विदेशमा रहेर पत्रकारिता गर्ने गोरखाका पत्रकारको साझा संस्थाका रुपमा मञ्चलाई विकसित गरिने संयोजक वन्तले बताए । भेलाले एक महिना भित्रमा मञ्चको अधिवेशन गर्ने निर्णय पनि गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!