अनि उनी निःशब्द भइन्...

Posted on: 12 May, 2019

बैशाख २९, काठमाडौँ  । त्यतिबेला उनी साउदी अरबमा थिए । काठमाडौँमा ७ वर्षीया छोरी र सानो छोरा स्याहारेर डेरामा बस्दै आएकी श्रीमतीले जे खबर सुनाइन्, त्यसले उनलाई काममा अडिइरन दिएन । खबर डरलाग्दो सपनाजस्तै थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन् । 

त्यसपछि के–के भयो ती सब बताउन उनलाई शब्द नपुगेजस्तो लाग्छ । भन्न खोजिएका कुरा पनि घाँटीमै अड्किएजस्तो लाग्छ । पछिल्लो पटक साउदी अरब पुगेको १६ महिना मात्रै भएको थियो । घरको खबर सुनेलगत्तै उनले आपतकालीन बिदा मागे र आफ्नै खर्चमा टिकट काटेर वैशाख दोस्रो साता काठमाडौँ आइपुगे । 

घटना केही साता पुरानो थियो, घाउ भने आलै । शुक्रबार उनी श्रीमती, ७ वर्षकी छोरी र सानो छोरा लिएर सिनामंगलको एक अस्पताल जाँदै थिए । निल्याउरो अनुहार लगाइरहेकी छोरी संवाददातालाई आमाको छेउमा लुटपुटिइन् । छेवैको रेस्टुरेन्टमा आमाछोरीलाई अलि परै राखेर घटनाक्रमबारे जान्न खोज्दा उनले भने, ‘श्रीमतीले छोरी बलात्कृत भएको खबर सुनाएपछि मेरो हंसले ठाउँ छोड्यो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!