नुवाकोटमा चट्याङ लागेर एकको मृत्यु

Posted on: 12 May, 2019

वैशाख २९, नुवाकोट | नुवाकोटको म्यागङ्ग गाउँपालिका ४ मा शनिबार राति परेको चट्याङबाट एक जनाको मृत्यु भएको छ । चट्याङमा परी ६८ वर्षीय निङ तामाङको घरभित्रै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवाकोटले जनाएको छ  ।

प्रहरीका अनुसार चट्याङ लागेर एक लैनो भैंसी, चार बाख्रा र घरमा सामान्य आगलागी पनि भएको छ । 

झापाको कनकाई पुलमा शङ्कास्पद वस्तु फेला

झापाको कनकाई नदीको पुलमा आज बिहान शङ्कास्पद वस्तु फेलापरेको छ ।पूर्वपश्चिम राजमार्गअन्तर्गतको  सो पुलमा स्थानीय एक व्यक्तिले बिहान ‘मर्निङ वाक’  जाँदा सो शङ्कास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउनसाथ घटनास्थलमा प्रहरी  टोली पुगेको थियो। सुरक्षाका कारण अहिले पुलमा सवारीसाधान तथा पैदलयात्रीलाई समेत आवतजावतमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार प्रेसर कुकरजस्तो देखिने शङकस्कापद वस्तुमा ३० मिटर लामो  बिजुलीको तारसमेत जडान गरिएको देखिन्छ । चारआलीस्थित श्रीनाथ गणबाट नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगिसकेको उहाँले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!