फेवातालमा किन आयो डरलाग्दो छाल ? ४० भन्दा बढी डुंगा डुबे

Posted on: 12 May, 2019

वैशाख २९, कास्की | आइतबार फेवातालमा समुद्री किनारमा झैँ डरलाग्दो छाल आएको छ । कास्की प्रहरीले दिएको जानकारीका अनुसार तालमा आएको छालले छेउछाउमा राखिएका डुङ्गाहरु समेत डुबेका थिए । 

ताल माथिबाट चलेको चर्को हावाहुरीले फेवातालमा डर लाग्दो छाल उत्पन्न भएको र उक्त छालको प्रभावले ताल किनारमा पार्किङ गरी राखिएका ४० भन्दा बढी डुंगा डुबेको थियो । 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओम रानाको अनुसार छालबाट मानवीय क्षति भने भएको छैन । तालबाराही मन्दिर दर्शन गर्न पुगेका पर्यटकहरु भने हावाहुरीले छाल उत्पन्न गराएपछि एक घण्टासम्म मन्दिरमै रोकिएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!