पाँचथरमा एक किशोरीको घाँटी रेटी हत्या

Posted on: 13 May, 2019

कमल घिमिरे।वैशाख३०।पाँचथर, पाँचथरमा आइतबार एक किशोरीको घाँटी रेटि हत्या भएको छ । 

 जिल्लाको हिलिहाङ गाउँपालिका– ४, पञ्चमीकी १५ वर्षिय शितल योङहाङको आइतबार साँझ घाँटी रेटि हत्या भएको हो ।

शीतलको शव घाँटी काटिएको अवस्थामा साँझ ७ वजेको समयमा सडकको मूनि फेला परेको पाँचथरका प्रहरी निरिक्षक अनिलकुमार पौडेलेले वताउनुभयो । शीतल आइतबार अपरान्ह् ४ वजे स्कूलबाट घर आएर घरको काम सकेर बाहिरी निस्केको परिवारले जनाएको छ ।

हत्या कसले र किन ग¥यो भन्ने खुलेको छैन् । यसबारे अनुसन्धान भइरहेको प्रहरीले वताएको छ । घटना स्थलमा पुगेको प्रहरी टोलिले त्यहाँबाट एक थान मोबाइल फेला पारेको छ ।  किशोरीको शव अहिले पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथरमा राखिएको पाँचथर प्रहरीले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!