बसको ठक्करबाट वृद्धको मृत्यु

Posted on: 13 May, 2019

वैशाख ३०, लहान | सिरहा धनगढीमाई नगरपालिका– २ सोनापुरमा बसको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्युु भएको छ ।

ना ३ ख ६९७८ नं को बसले ठक्कर दिँदा सिरहा बरियारपट्टि गाउँपालिका– ४ सोहपुरका ८० वर्षीय देवीलाल यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेकोे पनि प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!