बिराट महायज्ञको तयारी पूरा

Posted on: 13 May, 2019



शिला पाण्डे/पर्वत । विश्वकै अग्लो शिवपार्वतीको मुत्र्ति बनाउनको लागि गुप्तेश्वर धार्मिक मेला हुने भएको छ । यहि जेठ १ देखि ११ गतेसम्म  श्रीमदशिवपुराण सामुहिक तुलादान,गुप्तेश्वर विराट कोटिहोम तथा  गुप्तेश्वर धार्मिक मेलाको सम्पूर्ण तयारी पूरा भएको हो ।

महायज्ञको पूर्वसन्धायमा कार्यक्रम मूल आयोजक समितिले शान्ति पदयात्रा सहित कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको पत्रकार सम्मेलन गरी जनाएको छ ।

सामुहिक तुलादानमा ६ हजारभन्दा बढी सहभागी हुने आयोजकले जनाएको छ ।  पार्वतीको जन्मस्थान पाङ, मुक्तिनाथ क्षेत्र र जनकपुरलाई जोड्ने गरी धार्मिक पर्यटनलाई प्रर्वद्धनको लागि कोटिहोम महायज्ञको आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले गर्ने आयोजकले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!