टेलिकमद्वारा निशुल्क सिमकार्ड बितरण

Posted on: 13 May, 2019

सम्राट सिंह | बझाङ ३०, बैशाख | नेपाल टेलिकमले विकट हिमाली जिल्ला बझाङमा निशुल्क सिमकार्ड बितरण गरेको छ ।  टेलिकमले जिल्लाको बुंगल नगरपालिकाको देउलीकोट,दहबगर र जयपृथ्वी नगरपालिकाको ग्वानीमा नयाँ नमस्ते टावर निर्माण गरेपछि त्यस क्षेत्रका बासिन्दाहरुलाई निशुल्क सिमकार्ड बितरण गरेको हो ।

टेलिकमले हिमाली जिल्ला बझाङ आएर ५० रुपियाँ ब्यालेन्स भएको सिमकार्ड निशुल्क बितरण गर्दा जनतामा खुसी छाएको जयपृथ्वी नगरपालिका १० घर भएकी बिना रसाइलीले बताइन । उनले भनिन् टेलिकमले निशुल्क सिमकार्ड बितरण गरेर निम्न आयस्रोत भएका दिनदुखीहरु मन जितेको छ ।

देउलीकोट र दहबगर गरी ४ सय ६० सिमकार्डहरु बितरण गरी सकेको टेलिकमले आज चैनपुरमा रहेको नेपाल टेलिकमको कार्यालयमा निशुल्क सिमकार्ड बितरण कार्य शुरु भएको छ ।

जिल्लाको ३ ठाउँमा नयाँ नमस्ते टावरहरु निर्माण भएपछि नेपाल टेलिकमको केन्द्रिय कार्यालयको निर्णय अनुसार त्यस क्षेत्रका बासिन्दाहरुलाई निशुल्क नमस्ते सिमकार्ड बितरण गरेको नेपाल टेलिकमका सहायक व्यापार अधिकृत बसोल ढुंगेलले बताए । 

जिल्लामा हाल सिडिएमए ( स्काई),नमस्ते,स्मार्ट, एनसेल लगायतले सेवा दिदै आइरहेका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!