७ वर्षीया बालिका बलात्कार गरेर फरार व्यक्ति कंचनपुरबाट पक्राउ

Posted on: 13 May, 2019

वैशाख ३०, काठमाडौं | ७ वर्षीया बालिका बलात्कार गरेर फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौँको सिनामंगलमा सात बर्षिय बालिकालाई बलात्कार गरेको अभियोगमा महानगरीय अपराध महाशाखाको समन्वयमा कञ्चनपुर प्रहरीले भुवन भन्ने राजु खरेललाई पक्राउ गरेको हो । 

बलात्कार गरि फरार रहेका उनलाई कञ्चनपुरको बेलौरीबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!