घ्वाङ्ग खोलामा रेलो आउँदा खाल वजारका घरहरु विस्थापित (फोटो फिचर)

Posted on: 13 May, 2019

कमल पौडेल | वैशाख ३०, बडिगाड (बागलुङ) | सोमवार दिउसो परेको भारि वर्षा र हावाहुरीका कारण बडिगाड गाउँपालिका वडा नं. ६ खालमा ३ घर विस्थापित भएका छन् । 

पानीसंगै माथिवाट आएको भलले स्थानिय गोठे सार्किको छाप्रे घर र चर्पि डुवेको छ भने गोपाल श्रेष्ठ र गंगे सार्किको घरमा पनि क्षति पुगेको वडा अध्यक्ष मौसमकाजि क्षेत्रीले जानकारी दिनुभएको छ। घ्वाङ्ग खोलो रेलो सहित आएपछि घरहरुमा पसेको हो ।

 

माथिवाट आएको रेलोका कारण झण्डै २ घण्टा वढि अवरुद्ध भएको मध्यपहाडि लोकमार्ग खुलेको छ। रेलोले लोकमार्ग अवरुद्ध गरेपछि तत्कालै जेसिभि वोलाएर सडक खुलाइएको अध्यक्ष क्षेत्रीले बताउनुभएको छ। करिव १ घण्टा सम्म आएको पानी र हावाले अन्य स्थानमा पनि सामान्य क्षति पुर्याएको छ । 

ग्रामिण क्षेत्रमा खोलीएका सडक र वस्तिभन्दा माथिको जंगलहरुमा लागेको आगोका कारण नदि किनारका वस्तीहरु थप जोखिममा परेको स्थानियले वताएका छन्।


यस बिषयमा तपाइको प्रतिक्रिया...!