आज वैशाख ३१ गतेदेखि जेठ २ गतेसम्मको मौसम पूर्वानुमान यस्तो छ

Posted on: 14 May, 2019

वैशाख ३१, काठमाडौँ | नेपाल सरकार, जल विज्ञान तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम सम्बन्धि पूर्वानुमान बिभागले आज मंगलबार देखि जेठ २ गतेसम्मको मौषम सम्बन्धि विवरण दिएको छ । 

बिभागको जानकारी अनुसार आज दिउँसो देशभरि आंशिक देखि सामान्य बदलि रही केहि  स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्य हिमपातको संभावना छ ।

त्यत्सै आज राति देशभरि आंशिकदेखि सामान्य बदलि रही देशका थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्य हिमपातको संभावना छ ।

जेष्ठ ०१ गते (बुधबार) को मौषम पूर्वानुमान 


भोली बुधबार दिउँसो देशभरि आंशिक देखि सामान्य बदलि रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका केहि स्थानहरुमा मेघ गर्जन सहित  वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्य हिमपातको संभावना छ । 

त्यस्तै भोली राति देशभरि आंशिक देखि सामान्य बदलि रही देशका पहाडी भू-भागमा मेघ गर्जन सहित  वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्य हिमपातको संभावना छ । 

जेष्ठ ०२  गते (बिहिबार) को मौषम पूर्वानुमान 

पर्सि दिउँसो देशभरि आंशिक देखि सामान्य बदलि रही पश्चिम र मध्य पहाडीका  थोरै स्थानहरुमा  र पूर्वका केहि स्थानहरुमा मेघ गर्जन सहित  वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै पर्सि राति देशभरि आंशिक देखि सामान्य बदलि रही देशका केहि भू-भागमा मेघ गर्जन सहित  वर्षाको सम्भावना रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!