विप्लवका जिल्ला इञ्चार्ज कर्णबहादुर पक्राउ

Posted on: 14 May, 2019

बैशाख ३१, रुकुम |‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुकुमपूर्वका जिल्ला इञ्चार्ज कर्णबहादुर नकाल ‘शिविर’ लाई पक्राउ गरिएको छ । रुकुमपश्चिम जिल्ला प्रहरी कार्यालयले गए राति जिल्लाको सानीभेरी गाउँपालिका–३ गरायला निवासी उहाँलाई सोही ठाउँबाट पक्राउ गरिएको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नकाललाई पक्राउ प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!