ढोरपाटन नगरपालिकाको बोबाङमा मिनी ट्रक दुर्घटना, ३ घाइते

Posted on: 14 May, 2019

हेम विश्वकर्मा | वैशाख ३१,  बुर्तिबाङ | ढोरपाटन नगरपालिकाको बोबाङ बाट ढोरपाटन जाँदै गरेको मिनी ट्रक दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । बा २ ख ७७६१ नम्बरको मिनी ट्रक दुर्घटना भएको हो । 


घाइतेहुनेहरुमा बोबाङ निवासी  पार्वति बि.क , दान बहादुर बि.क र बल बहादुर बि.क रहेको इलाका प्रहरी कार्यलय बुर्तिबाङले जनाएको छ । उनिहरुको अहिले प्राथमिक स्वास्थय केन्द्र बुर्तिबाङमा उपचार भइरहेको अस्पताल श्रोतले जनाएको छ । घाइतेहरुको अबस्था खासै गम्भिर नभएको पनि बताइएको छ ।


दिउँसोपख परेको अबिरल बर्षाका कारण बाटो चिप्लिएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । ट्रक चालक सँग संपर्क हुन नसकेकाले यकिन  भने सकेको हुन छैन । अहिले दुघटना भएको स्थान तर्फ प्रहरी टोली गैसकेको इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रमुख ओम प्रकास यादबले जानकारी दिनुभएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!