अज्ञात समूहद्वारा मंगलसेन नगरपालिकाको गाडीमा आगजनी

Posted on: 15 May, 2019

कमल रावल | जेठ १, अछाम | अछामको मंगलसेन नगरपालिकाको गाडीमा अज्ञाात समुहले आगजनी गरेको छ । 

नगरपालिकाको बा २ झ ३६९४ नम्बरको जिपमा राती २ बजेर २० मिनेट तिर आगजनि गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) जनक बहादुर शाहीले जानकारी दिए । 

नगरपालिका परिषरदै राखिएको प्रमुख चढ्ने जिप करिब १ बर्ष अगाडी १ करोड २० लाखमा खरिद गरिएको थियो । डिएसपी शाहीले आगजनी गर्नेहरुको खोजिकार्य जारी रहेको बताउदै गाडी जलेर पुर्ण रुपमा नष्ट भैसक्यो बताउनु भएको छ । 

मंगलसेन बजारका स्थानियले गाडिमा आगजनि भएको जानकारी प्रहरीले गराएपछि आफु स्वंयमा स्थलमा पुगेपछि गाडिमा लागेको आगो नियन्त्रणमा लिएको बताउनु भयो । 

रातिको समयमा आगजनी गरिएकाले अहिलेसम्म पत्ता नलागेको समेत डिएसपि शाहीले जानकारी दिनु भयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!