रुपन्देहीमा एक युवतीको शव फेला, हुँदै थियो बिहेको तयारी

Posted on: 15 May, 2019

जेठ १, बुटवल । रुपन्देहीमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । जेठ महिनामै बिहेको तयारी गर्दै रहेकी १९ वर्षीय सवनाम निशाको शव रुपन्देहीकै गैडहवा गाउँपालिका वडा–१ साडीको भुझौली भन्ने गाउँमा फेला परेको हो ।

निशाको शव सुख्खा कुलोमा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनामा संदिग्ध एक युवालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्दैछ । 

रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले दिएको जानकारी अनुसार घटना गम्भीर प्रकृतिको भएकोले घटनाको अनुसन्धान गम्भीर रुपमा लिएर अनुसन्धान सुरु गरिएको छ । निशाको शव पोष्टमार्टका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । पोष्टमार्टम रिपोर्ट पछि थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ । 

सोमबार राति खाना खाएर कोठामा सुत्न गएकि निशा कोठामा नगई अन्यत्र गएको र राति आमाले हेर्दा कोठामा नदेखिएको बताइएको छ । त्यसलगत्तै प्रहरीले निशाको खोजि गरेको थियो । मंगलबार दिनभरी खोज्दा नभेटिएको निशाको शव बुधबार मात्र भेटिएको हो  । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!