बैतडीमा वृद्धको हत्या गरेको भन्दै पाँच प्रहरीविरुद्ध मुद्दा दायर

Posted on: 15 May, 2019

जेठ १, बैतडी | बैतडीको पाटन नगरपालिका वडा नं ६ भकुडाका ७४ वर्षीय बृद्ध कमलाकान्त पन्तको प्रहरीको कुटाइबाट ज्यान गएको भन्दै ५ जना प्रहरी बिरुद्ध उनका आफन्तले मुद्धा दायर गरेका छन् ।

ईलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी नायब निरक्षक असोक बहादुर पालको नेतृत्वका खटिएको टोलीले वैशाख ३० गते अर्थात सोमबार साँझ राती पन्तको घरमै गएर कुटपिट गरी हत्या गरेको पारिवारिक स्रोतको दाबी छ । 

प्रहरीले नियन्त्रणमा लिएको एक घण्टामै कमलाकान्तको मृत्यु भएपछि प्रहरीमाथि हत्याको आरोप लगाइएको हो । घटनापछि कमलाकान्तका कान्छा छोरा प्रकाश कुमार पन्तले पाँच प्रहरीविरुद्ध कर्तव्य ज्यान मुद्दामा उजुरी दिएका छन् । मृतकका छोरा पन्तले घटनामा संलग्न इलाका प्रहरी कार्यालय पाटनमा कार्यरत प्रहरी नायब निरक्षक पाल, ज्ञानसिहं धामी, टुकराम राना, दानसिहं भण्डारी र भुपेन्द्र महरा विरुद्ध उजुरी दिएका हुन् ।

मृतक पन्तका ४० वर्षीय छोरा लवदेव पन्तको सोमबार राती स्थानिय बजारमा पसल मालीक शान्ती पन्तसंग मदिरा सेवन गर्दा समान्य बिवाद भएको थियो । पसल मालिक शान्तीले ईलाका प्रहरी कार्यालय पाटनलाई खबर गरेपछि, पन्तलाई पक्राउ गर्न प्रहरी नायब निरक्षक पाल, ज्ञानसिहं धामी, टुकराम राना, दानसिहं भण्डारी र भुपेन्द्र महरा सहित ५ जनाको टोली राती १२ बजे पन्तको घर पुगेको आफन्त हरीदत्त पन्तले जानकारी दिए । 

उनले घट्ना स्थल पुगेका प्रहरी टोलीले मदिरा सेवन गरेको र लवदेव पन्तलाई बजारबाट घर आएर सुतिरहेको अवस्थामा प्रहरीले पक्राउ गर्न खोज्दा मृतक बुवा कमलाकान्तले रोक्ने प्रयास गरेपछि प्रहरीले कुटपिट गरेको बताए । प्रहरीले एक्कासी थप्पड, मुक्का र डण्डा गरी कुटपिट गरेको र छोरालाई लिएर गएको दोस्रो बिहान कमलाकान्तको मृत शव भेटाएको स्थानियको भनाई छ । 

ज्यान मारेको आरोप लागेका प्रहरीमाथि अनुसन्धान प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरीबिरुद्ध उजुरी दर्तापछि मृतक पन्तको शव पोष्टमार्टम गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!