विद्यार्थी दिवसका दिन विद्यार्थी नेताहरुले बाँडे सेनेटरी प्याड

Posted on: 15 May, 2019



पर्वत । विद्यार्थी दिवसको अवसरमा नेकपा निकट विद्यार्थी नेताहरुले गाउँमा पुगेर सेनेटरी प्याड वितरण गरेका छन् । अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय सचिव क्षितिज सापकोटासहितको टोलीले पर्वतको फलेवास नगरपालिका ५ खानीगाउँमा रहेको ध्रुव माविमा अध्ययनरत किशोरीहरुलाई सेनेटरी प्याड वितरण गरेको हो ।



अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियु पर्वतको संयुक्त आयोजनामा शैक्षिक जागरण अभियान तथा ५४ औं विद्यार्थी दिवसको अवसर पारि शैक्षिक तथा सेनेटरी प्याड वितरण गरिएको हो ।



अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सचिव क्षितिज सापकोटाले  अझै पनि समाजमा महिनावारी भएको बेला छात्राहरूले विद्यालय छाड्नु पर्ने अवस्था रहेको भन्दै  त्यसको अन्त्यका लागि प्रगतिशिल विद्यार्थीहरुको संगठनले शैक्षिक जागरण अभियान अन्तरगत  शैक्षिक सामाग्री तथा सेनेटरी प्याड वितरण गरेको बताए । उनले विद्यार्थी दिवसको औचित्य र यसको इतिहास बारे पनि बताए ।



विद्यार्थी भनेको देशको आधार खम्बा भएका कारण सहि समयमा विद्यार्थी नेताहरुले गरेको निर्णयले नै देशको नेतृत्व गतल मार्गमा हिडेको अवस्थामा सहि मार्गमा आउने उनले बताए । उनले सबै विद्यार्थीहरु मिले मात्रै शैक्षिक अभियान र विद्यार्थी दिवस मनाउनुको सार्थकता रहने बताए । 



कार्यक्रममा अनेरास्ववियु क्रान्तिकारी पर्वतका अध्यक्ष विजयप्रकाश सापकोटाले राज्यले निशुल्क रुपमा कण्डम वितरण गर्ने तर सेनेटरी प्याड वितरण नगरेको प्रति दुख व्यक्त गरे । उनले महानावरी महिलाहरुको लागि अनिवार्य रुपमा चल्ने प्रक्रिया भएको र यसमा ध्यान नदिदाँ रोगको जोखिम उत्तिकै बढ्ने भएका कारण बेलैमा सजग हुनुपर्ने बताए ।


पोखरा महानगरपालिका ईकाई अध्यक्ष विशाल तामाङ विद्यार्थीहरु एक जुट हुन सकेमा नै शैक्षिक क्षेत्रमा हुने गरेको अराजकतालाई अन्त्य गर्न सकिने बताए । उनले परिर्वतनका लागि परिर्वतनशिल विद्यार्थीहरु एक हुनुपर्ने बताए ।



अनेरास्ववियु पर्वतका तेज शर्मा को अध्यक्षतामा भएको कार्यक्रमको  संचालन लकास सुवेदीले गरेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!