नुवाकोटमा खानेपानीका लागि पाइपलाइन बिछ्याइएकै दिन पाइप काटियो

Posted on: 15 May, 2019

जेठ १, विदुर  । नुवाकोटको विदुर नगरपालिका–१३ कल्याणपुरमा खानेपानीका लागि पाइपलाइन बिछ््याएकै दिन पाइप काटिएको छ । सोमबार विस्तार गरिएको नौ सय मिटर लम्वाई र ३२ एमएमको पाइप त्यही राति काटिएको हो । 

कल्याणपुरको घट्टेखोला मुहानबाट आमथाङस्थित बाँझोगाउँको बस्तीमा ल्याइको खानेपानी पाइपलाई टुक्रा पारी जताततै फालिएको विदुर नगरपालिकाले जनाएको छ । नगरपालिकाले सो आयोजनाका लागि रु एक लाख लगानी गरेको थियो । पाइप काट्ने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!